महानगर प्रमुख राजेशमान सिंह सहितको टोली द्वारा अनुगमन

 

अभिलाष गुप्ता
बिरगंज २५ मंसिर बिरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको एक मात्र पुस्तकालयको महानगर प्रमुख राजेशमान सिंह सहितको टोली द्वारा आज अनुगमन गरिएको हो। सो अनुगमनमाटोलिमा महानगरका प्रमुख प्रसास्किय अधिकृत अर्बिन्द लाल कर्ण, वडा अध्यक्षहरु सुशील कुमार कानु,जय प्रकाश साह लगाएतहरु द्वारा अनुगमनका क्रममा प्रमुख सिंहले पुस्तकालयको वास्तविक स्थिति अवलोकन गर्दै अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष कुरा गरेका थिए।
विद्यार्थीहरू संग कुरागर्ने क्रममा पुस्तकालयमा नयाँ पुस्तकहरूको अभाव, खानेपानीको अभाव एवं फर्निचर टेबल-कुर्सीको कमीकमजोरी रहेको जानकारी गराएका थिए।

Advertisement

प्रमुख सिंहले विद्यार्थीहरूको मागप्रति गम्भीर ध्यान दिँदै पुस्तकालयको स्तरोन्नतिका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनले अध्ययन वातावरण सुधार्न आवश्यक नयाँ पुस्तक खरिद, पुराना पुस्तकहरूको मर्मत सम्भार, र फर्निचर तथा खानेपानीको व्यवस्था तत्काल गर्ने निर्देशन दिएका छन्।

Advertisement

अनुगमनमा सहभागी वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले पुस्तकालयलाई आधुनिक र विद्यार्थी मैत्री बनाउने आफ्नो अठोट दोहोऱ्याए। उनले समस्या समाधानका लागि बजेट तथा स्रोत व्यवस्थापनमा कुनै कमी हुन नदिने र महानगरको समन्वयमा सुधारको कामलाई तीव्रता दिने बताए।

स्थानीय बासिन्दाहरूले पुस्तकालय सुधारको यो पहलप्रति प्रशंसा व्यक्त गरेका छन्। उनीहरूले यसले पठन संस्कृतिलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement