नेपाल सरकारद्वारा आयोजित ‘खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन’ सम्पन्न

 

 

Advertisement

बिरगंज २७ मंसिर
काठमाडौँ । नेपाल सरकारद्वारा आयोजित “खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन” आज काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले सरकारको नीति तथा योजनाबारे जानकारी गराएका छन् ।

मन्त्री यादवले खानेपानी तथा सरसफाइलाई मौलिक हकको रूपमा स्थापित गर्न नेपाल सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित अघि सारिरहेका नीतिहरूको चर्चा गरे । उनले जलवायु परिवर्तन, बजेटको अभाव, र समाजभित्रको असमानताका चुनौतीहरूप्रति ध्यानाकर्षण गराउँदै ती समस्या समाधान गर्न तीनै तहका सरकार (सङ्घीय, प्रदेश र स्थानीय) र साझेदार संस्थाहरूबीच समन्वय र सहकार्यको महत्त्वमा जोड दिए ।

Advertisement

मन्त्री यादवले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै हरेक नागरिकलाई गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको दायित्वप्रति प्रतिबद्ध रहेको बताए । उनले दीर्घकालीन समाधान खोज्दै अघि बढ्न सरकार तत्पर रहेको पनि स्पष्ट पारे ।

मन्त्री यादवले सम्मेलनको समापनमा खानेपानी र सरसफाइ क्षेत्रको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै तहका सरकार, साझेदार संस्था, र सरोकारवालाहरूलाई निरन्तर प्रयास गरिरहन आह्वान गरे ।

Advertisement

कार्यक्रममा सहभागी विभिन्न विज्ञ, सरोकारवालाहरू, र प्रतिनिधिहरूले पनि खानेपानी र सरसफाइको क्षेत्रमा विद्यमान समस्या तथा सम्भावनाका विषयमा छलफल गरेका थिए ।