अपाङ्गता समीकरण अभ्यास खेल तथा अन्तरक्रियातमक कार्यक्रम सम्पन्न भएको छ

 

 

Advertisement


बिरगंज २९ मंसिर अपाङ्गता समीकरण अभ्यास खेल तथा अन्तरक्रियातमक कार्यक्रम सम्पन्न भएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरी मनाइयो। समृद्ध समाजका लागि युवा सशक्तिकरण EYES BIRGUNJ का अध्यक्ष महेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने सो कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश खेल्कुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको आतिथ्यमा सम्पन्न भएको थियो।

सो कार्यक्रम सहजीकरण समृद्ध समाजका लागि युवा सशक्तिकरण EYES BIRGUNJ का कार्यकारी सदस्य नितु गुप्ताले गरेकी थिईन भने अन्जना श्रीवास्तव,रुप शिला जैसवाल,राजवीर लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।आज बिरगंजमा पनि यो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ।

Advertisement

रार्ष्ट्रिय मुल नारा समावेशी तथा दिगो भविस्यको पुर्वधार
अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको अधार भन्ने मुलनाराका साथ सम्पन्न भएको थियोे।

नेत्रहीन युवासंघ नेपालका ज्योती झा , बबिता जैसवाल, प्रिया मिश्रा,समाज सेवी प्रकाश थारु, अन्कुर शर्मा, सन्चारकर्मीहरु अभिलाष गुप्ता, राज कुमार सराफ लगाएतहरु पनि उपस्थित रहेका थिए।

Advertisement

अध्यक्ष महेश साहको अनुसार यो दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र अपाङ्गता समावेशी विकास अवधारणा प्रवर्धन गराई उनीहरुको जीवनस्तरमा सुधार ल्याउन सबैको सहयोग, कृयाशिलता एवं उनले भने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सुरुवात विश्वभर एकीकृत रूपमा प्रवर्धन गर्न सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । सुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो। तर, सन् २००६ डिसेम्बर १३ तारिखका दिन संयुक्त राष्ट्र सङ्घको ६१औ महासभाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधी पारित गरी सन् २००८ देखि लागू भएपछि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस भनी नामाकरण गरि विश्व भर एकैसाथ १३ डिसेम्बरका दिन मनाउन थालिएको हो ।

थप नारा तय गर्नेगर्दछन् । यस वर्षको मूल नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने रहेको छ ।

अपाङ्गतालाई अर्थात् “अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक, ईन्द्रीय वा रक्त र स्नायु सम्बन्धी दीर्घकालीन विचलन, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा भौतिक र सञ्चार समेतको विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ । एक अध्ययनले देखाए अनुसार ७० वर्ष भन्दा माथिका हरेक व्यक्तिहरूले औसतमा झन्डै आफ्नो जीवनको ११ प्रतिशत आयु कुनै न कुनै रूपमा मानसिक वा शारीरिक कार्य सीमिततामा बाँच्नु पर्छ, जुन अपाङ्गताको अवस्था हो । अपाङ्गता जसलाई पनि जुनसुकै वेला पनि हुन सक्छ तर यसरी आएको शारीरिक वा मानसिक परिवर्तनलाई मात्रै अपाङ्गता भनिँदैन ।