लायन्स क्लब अफ बीरगंज मिलेनियम एम.जे.एफ.द्वारा घडिअर्वा पोखरीको लागि बेन्च हस्तान्तरण

अभिलाष गुप्ता 
बिरगंज ०२ पुस बिरगंज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा पोखरीको लागि ५ थान बेन्च हस्तान्तरण कार्यक्रम घडिअर्वा पोखरी परिसरमा सम्पन्न भएको हो सो कार्यक्रमको आयोजना लायन्स क्लब अफ बीरगंज मिलेनियम एम.जे.एफ. द्वारा गरिएको थियोे। सो कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष सुशील साह कानुको आतिथ्यमा सम्पन्न भएको थियो भने सो कार्यक्रमको अध्यक्षता भूत पुर्व जोन चेयरमैन लायन उद्योगपति बीरेंद्र संघाईले गर्नु भएको थियो भने लायन्स क्लब अफ बीरगंज मिलेनियम एम.जे.एफका अध्यक्ष बिनोद खंडेलवाल,भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवाल, वीरेंद्र साह , श्याम गुप्ता लगाएतकाहरुको पनि उपस्थिति रहेको थियोे। सो कार्यक्रममा ५ थान बेञ्च बितरण गरिएको थियोे भने लायन राधेश्याम खेतानले जानकारी गराएका थिए।

Advertisement

महानगरपालिका-१० स्थित घडिअर्वा पोखरी परिसरमा पाँच थान बेञ्च सहयोग गर्दै पोखरीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याएकोमा सुरेश कुमार गाडिलाई धन्यवाद समेत दिएका थिए।

प्रमुख अतिथि सुशील साहका अनुसार यस सकारात्मक सहकार्यलाई विशेष रुपमा प्रोत्साहन गर्दै घडिअर्वा पोखरीलाई अझ सुन्दर, हरियालीयुक्त र आकर्षक बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए। उनका अनुसार यस प्रकारका सहयोग र सहकार्यले हाम्रो वडा र समुदायको समग्र विकासमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास ब्यक्त गरेका थिए।

Advertisement

वरिष्ठ उद्योगपति, विरु सांघाई, समाजसेवी सज्जन अग्रवाल, बासु तिमसिना,मनोज उपाध्य,सुशील चाचान,राम बिहारी पाण्डे, लगाएतकाहरु एवं बुद्धिजीवी, सज्जनवर्ग, स्थानीय मानिस , समाजसेवी,सन्चारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

Advertisement