विभिन्न मागहरु राख्दै प्रहरी प्रमुख एव ट्राफिक प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइयो

अभिलाष गुप्ता
बिरगंज ०४ पुस विभिन्न मागहरु राख्दै प्रहरी प्रमुख एव ट्राफिक प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।
स्थानीय युवाहरूको समुहले सार्वजनिक सरोकारको बिषयमा आज एक ध्यानाकर्षण पत्र प्रहरी प्रमुखलाई बुझाएका थियो।

पर्सा जिल्लामा बढदो सवारी चाप र सडकको उचित व्यवस्थापन नहुदा बिगत केही समय सडक घटना र दुर्घटनाहरु तिब्र गतिमा हुदै आएको सर्वबितिद छ । हुलाकी मार्ग,पोखरिया बिन्दवासी बिरगंज जोडने सडक आई.सि.पी. भन्दा पश्चिम एक लेन र बहुअरी चौक भन्दा पुर्व पनि एक लेन भएकोले त्यहा दिन्हु प्राय जसो यो एरियामा दुर्घटना हुने गरेको सबै लाई थाहा नै छ।

Advertisement

यस दुर्घटनाको न्यूनीकरणको लागि आज प्रहरी प्रमुख एव ट्राफिक प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। त्यसका लागि उनिहरुको मागहरू यस प्रकारका छन।
बिहान ८ बजे देखि १० बजे सम्म र बेल्काको ५ बजे देखि ७ बजे सम्म मालबाहक ट्रकहरु जस्तै टिपर,ट्रक,बस लाई आवागमन बन्द गर्ने एवं स्कुल बस र एमबुलेन्स बाहेक।
मापसे जाँच नियमित गर्ने र मापसे गरि सवारी चलाउनेलाई तुरुन्तै कार्यवाही गर्ने अर्थात पहिलो चोटि नसिहत,त्यस पछि क्लास दिने नियन्त्रणमा लिने कार्य अबिलम गर्ने।
स्पिड चेक गर्ने अनावश्यक ओभर टेक एवम् ओभर स्पिड चलाउनेलाइ कार्यवाही गर्ने तथा अन्य मागहरु समेत राखी ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्र बुझाउनेमा युवा नेता राकेश यादव,अशोक कुमार रौनियार,सुनिल रौनियार,प्रकाश रौनियार,रमेश यादव र पत्रकार धुर्व साह रहेका थिए।

Advertisement