नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका ८ जिल्ला शाखाहरू द्वारा राष्ट्रिय सोसाइटी विकास कार्ययोजना स्थानीयकरण

 

अभिलाष गुप्ता
बिरगंज ०४ पुस नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेश अन्तर्गतका ८ जिल्ला शाखाहरूको सहभागितामा राष्ट्रिय सोसाइटी विकास कार्ययोजनाको २ दिने स्थानीयकरण कार्यशाला महोत्तरी जिल्लाको बर्दिवासमा सम्पन्न भएको छ ।

Advertisement

पौष ३ र ४ गते नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशको आयोजनामा सम्पन्न कार्यशालामा ८ वटै जिल्ला शाखाका पदाधिकारी तथा कर्मचारीहरु एवम् प्रदेश कार्य समितिका पदाधिकारीहरु तथा सदस्यहरू गरी २५ जनाको सहभागिता रहेको थियो ।

सो कार्यशालामा जिल्ला शाखाको क्षमता विकासका लागि मुख्य गरि ३ वटा क्षेत्रहरू स्वयंसेवक व्यवस्थापन, बैधानिक दायित्व र श्रोत परिचालनका बिषयहरू पहिचान गरि उक्त प्राथमिकताका क्षेत्रहरूमा जिल्ला शाखाको क्षमता विकासका लागि २ बर्षे कार्ययोजना समेत तयार गरि उक्त योजनाको सफल कार्यान्वयनमा जोड दिइएको थियो ।

Advertisement

कार्यशालाको सहजीकरण नेपाल रेडक्रस सोसाइटीका कानुनी सल्लाहकार बिजय दाहाल, संगठन विकास विभागका वरिष्ठ अधिकृत नारायण लामिछाने, राष्ट्रिय सोसाइटी विकासका उप–निर्देशक सरस्वती न्यौपाने,नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका फुल महम्मद मिया,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका प्रमुख बिरसम्सेर कुर्मी लगाएतकाहरुको उपस्थिति रहेको थियोे

भने सो कार्यक्रम राष्ट्रिय सोसाइटी विकासका संयोजक एवम् उप–निर्देशक रुद्रनारायण अधिकारीले सहजीकरण गर्नु भएको थियो । सो कार्यक्रमको बारेमा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका प्रमुख बिरसम्सेर कुर्मीले जानकारी गराएका थिए।

Advertisement