बहुदरमाई नगरपालिकाका मेयर तेलीको क्षमता हिन नेतृत्व, विद्यार्थीहरु पालिकामै ताला लगाउन बाध्य

 

अभिलाष गुप्ता
वीरगञ्ज ०४ पुस पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुखको क्षमता हिन नेतृत्वका कारण बहुदरमाई नगरपालिकाको विकास ठप्प भएको छ । मेयर सिंगासन सा तेलीको ज्यादती चरमोत्कर्षमा पुगेको छ । नगर प्रमुख तेलीले पहिले नगरसभा गर्नलाई आलटाल गरेर समयमा नगरसभा हुन सकेको थिएन ।

Advertisement

पछि दबावमा परेर नगरसभा सम्पन्न गरेपनि फेरी प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी नदिँदा नगरपालिकाको सम्पूर्ण काम नै ठप्प भएको छ । नगर प्रमुख तेलीको हठकै कारणले बहुदरमाई नगरपालिका बेथिति बढेको स्थानीयहरु बताउछन् ।

नगर प्रमुख तेलीले कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालन गर्न नदिँदा नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायत विकासको काम समेत अवरुद्ध भएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु तथा नगरपालिकाका कर्मचारीहरुले समेत तलब पाएका छैनन् ।

Advertisement

तलब नपाएपछि सामुदायिक विद्यालयको पठनपाठनमा समेत प्रभाव परेको छ । विद्यालयमा पठनपाठन बन्द भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । बिहीबार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय डकैला बहुअरीका विद्यार्थीहरुले नगरपालिका घेराउ गरेका छन् । विद्यालयमा पठनपाठन नियमित गर्नुपर्ने माग सहित विद्यार्थीहरुले नगरपालिका घेराउ गरी तालाबन्दी समेत गरेका छन् ।

नगरप्रमुख सिंगासन सा तेलीले आफूले भने अनुसारको बजेट मनपरी गर्न नपाउँदा प्रमुख प्रशासकीय अधिकृत नै परिवर्तन गर्ने भन्दै लामो समयसम्म नगरसभा समेत नगरी बसेका थिए । नगरसभा गर्न चौतर्फी दबाव बढेपछि नगरसभा गर्न बाध्य भए । नगरसभा गरेपनि प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न नसकेर अहिले उनलाई बजेट सञ्चालनको नै अख्तियारी नदिएर बसेका छन् ।

Advertisement

बजेटमा मनोमानी गर्न नपाउने भएपछि प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्नुपर्ने एकसुत्रीय अडान लिएर बस्दा नगर प्रमुख तेली विवादमा परेका हुन् । उनको ज्यादतीको विरोधमा नगरका ६ वटा वडाअध्यक्षहरुले वडा कार्यालयमा नै ताला लगाएर बस्नुपर्ने अवस्था भएको छ । उनकै कारणले नगरपालिकालाई ध्वस्त भइसेको छ । नगरप्रमुख तेलीको अकर्मण्यताले गर्दा बहदुरमाई नगरपालिकाको सबै काम ठप्प भएको छ ।