बिरगंज सडक दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु स्थानीयको विरोध प्रदर्शन

अभिलाष गुप्ता
पौष ११ बिरगंज

 

Advertisement

बिरगंज महानगरपालिका-१६ ड्राइपोर्ट बहुवरी नजिकै बुधवार बेलुकी भएको सडक दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु भएको छ। दुर्घटना भारतीय नम्बर प्लेटको तीव्रगतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भएको हो।

 

Advertisement

दुर्घटनामा परी बारा जिल्लाको कवहीगोठ निवासी १६ वर्षीय राज मिश्रको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक सन्दीप पाण्डे सवार ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

Advertisement

दुर्घटनापछि स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका छन्। उनीहरूले भारतीय गाडीको लापरवाही र प्रहरीको निष्क्रियता दुर्घटनाको प्रमुख कारण भएको आरोप लगाएका छन्। घटनास्थलमा उपस्थित स्थानीयका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली सक्रिय नभएकाले यहाँ बारम्बार दुर्घटना भइरहेको छ।

हिजो बेलुकी ६ बजेतिर वडा नम्बर १७ अलौ नजिकै बारा जिल्लाको सुवर्ण गापा-२ निवासी राज मिश्रलाई भारतीय गाडीले ठक्कर दिएको थियो। ठक्करपछि स्थानीयहरूले ड्राइपोर्ट क्षेत्र वरपर प्रदर्शन गरे पनि सडक पूर्ण रूपमा बन्द नभएको जनाइएको छ।

यो क्षेत्र वरपर बारम्बार दुर्घटना भइरहेकाले स्थानीयहरूले सडक सुरक्षाका लागि आवश्यक उपाय अपनाउन माग गरेका छन्।