अभिलाष गुप्ता,पौष २० वीरगञ्ज ।
नेकपा एमाले वडा नम्बर ५ कमिटिको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १४१ जनाले एमालमा प्रवेश गरेको एमाले पर्साका सचिव महेश दासले जनाएका छन । अध्यक्ष डा विश्वम्भर शर्माको प्रमुख आतिथ्यथामा भएको भएको एमाले पर्साका जिल्ला सचिव महेश दास, नेकपा एमाले जिल्ला समिती सचिवालय सदस्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, नेकपा एमालेका मान्देव हजरा,एमालेका नेता सुन्दर प्रसाद कुर्मी,मनोज साह, सन्जु दहाल, मन्जु परियार,रुस्तम अल्लि,मनोज साह,लक्ष्मी न्योपाने लगाएतकाहरुको पनि उपस्थिति थियो।
शनिबार वीरगञ्जको कुम्हालटोलमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका पर्सा जिल्ला अध्यक्ष डा बिशम्भर शर्माले २०८४ मा एमालेका एकलौटी सरकार बनाउने दाबी गरे । उनले भने बिगतका दिनमा मधेसी दलहरुले देश सग गददारी गरे उनिहरुले मुलुकको हित भन्दा पनि दक्षिण पट्टिको हितलाई प्राथमिकतामा राखिनु भयो र रास्ट्रयले लकडाउनको सामना गर्नु पर्यो।
Advertisement
जनताको लागि सिटामोल रोकियो र बस्तुको आयात समेत रोकियो तर एमालेका पार्टीले घुडा न टेकि, कुनै सम्झौता नगरी नाका बन्दी खुलाएको उनको भनाई छ । उनले सम्बोधनको क्रममा अन्य पार्टीका कार्यकर्तालाई पनि एमालेमा प्रवेश गर्न आह्वान गरेका छन् ।शर्माले मधेसका सामाजिक र आर्थिक समस्याहरू समाधान गर्ने जिम्मेवारी एमालेले मात्र लिन सक्ने दाबी गरेका थिए ।मान्छेलाई अधिकार सहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका बताएका थिए। शर्माले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए ।
नवप्रबेसीलाई शुभकामना दिदै अन्य वडाका स्थानियलाई पनि एमाले पार्टीमा प्रवेश गर्न आग्रह समेत गरेका थिए। नेपाली काङ्ग्रेस परित्याग गरि सन्तोष खनालले,डा निरज चौधरी, प्रभाकर गुप्ता ९झब्बु० लगाएतकाहरुको विशेष सम्मानका साथ एमालेमा प्रवेश गराईएको हो। कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले महानगर कमिटि सदस्य मनोज साहले गरे भने कार्यक्रमको सहजीकरण निशान्त लामिछानेले गरेका थिए।
कार्यक्रममा पुर्व वडा अध्यक्ष प्रदिप सिंह ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।



















प्रतिक्रिया