अभिलाष गुप्ता
पौष २३ बिरगंज
Advertisement
आज मंगलवारकोदिन नेपाल राष्ट्रिय अभिभावक संघको २३ औं स्थापना दिवस मनाईएको छ। बिरगंजको रेशमकोठी स्थित श्री त्रिभुवन हनुमान माध्यमिक बिधालय वीरगंजको परिसरमा सम्पन्न भएको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राष्ट्रिय अभिभावक संघ मधेश प्रदेशका इन्चार्ज सुरेन्द्र प्रसाद कानुको आतिथ्यमा सम्पन्न भएको हो।भने विशिष्ट अतिथिमा मधेश प्रदेश संयोजक कमल पिठाकोठी एवम् पर्सा जिल्ला अध्यक्ष दुर्गा क्षेत्रीको उपस्थितिमा सम्पन्न भएको हो।
Advertisement
सो कार्यक्रममा बुद्धिजीवी,समाज सेवी,नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियोे।
नेपाल राष्ट्रिय अभिभावक संघ मधेश प्रदेशका इन्चार्ज सुरेन्द्र प्रसाद कानुका अनुसार अभिभावकहरुले गर्नुपर्ने काम कर्तव्य हरु एवम् अभिभावकहरुले आफ्नो बालबालिकाहरु संग गर्नुहुने कार्यहरुमा जोड दिएका थिए।
उक्त कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघ वीरगंज महानगर समिति संयोजक श्री हृदयमोहन लाल दासको अध्यक्षतामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।सो कार्यक्रम सहजीकरण प्रदेशका इन्चार्ज सुरेन्द्र प्रसाद कानुले गरेका थिए।




















प्रतिक्रिया