अभिलाष गुप्ता
पौष २८ बिरगंज
Advertisement
संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ। रौतहट जिल्ला को दुर्गा भगवती गाउँपालिका मा आज हजारौं को जनसहभागिता का बिच हिजो पार्टी घोषणा गरिएको छ। अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठा को प्रथम वार्षिकोत्सव को अवसरमा हिजो उक्त पालिकाको वडा नं.२ भलोहिया स्थित रहेको श्रीराम जानकी मठ परिसर बाट व्यापक उपस्थिति सहितको उल्लासमय वातावरणमा निकालिएको बृहत शोभा यात्रा पश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको थियो।
राष्ट्रिय समता पार्टी नेपालको राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषाद ज्यूको प्रमुख आतिथ्य तथा पार्टीका पालिका अध्यक्ष धर्मेन्द्र महतो को सभापतित्वमा सम्पन्न घोषणा कार्यक्रममा उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा. अभिषेक तिवारी, केन्द्रीय प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा , केन्द्रिय प्रशिक्षण विभाग प्रमुख पं. श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु, पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका रौतहट जिल्ला प्रेस विभाग प्रमुख उमेश सराफ एवं साधुसन्त महात्माहरु समेतको हजारौं हजारको बृहत उपस्थिति का बिच राष्ट्रिय समता पार्टी नेपाल को घोषणा गरिएको हो।



















प्रतिक्रिया