अभिलाष गुप्ता
पौष २९ बिरगंज ।
Advertisement
आज सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा १०० थान स्वेटर र २० थान टोपी बितरण कार्यक्रम सम्पन्न गरेको छ।बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित श्री तारा चन्द्र किशनलाई आधारभुत बिधालय छ्पकैयामा अल्पसंख्यक सामुदायका बिपन्न तथा गरिब बालबालिकाहरुको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतकार्यक्रममा राज होजियारीको सहयोगमा सो बितरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा मुख्य अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको आतिथ्यमा एवम बिरगंज महानगरपालिका वडा नम्बर २ का अध्यक्ष म.रेयाज मिया, प्रविण विक्रम शाह,प्रेम कुमारी सिंह,अब्दुल कैश मिया, अजित कुमार भुजेल लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको अध्यक्ष गयासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको हो।अध्यक्ष गयासुदिन ठकुराईका अनुसार चिसोका कारण प्रभावित सामाजिक उतरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यले बालबालिका लाई केही हदसम्म चिसोको सामना गर्न मद्दत पुग्ने उनले बताएका थिए । श्री तारा चन्द्र किशनलाई आधारभुत बिधालय छ्पकैयाका शिक्षिका विता कुमारी चौलागाई नान्दनी गुप्ता एवम् सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका बृज भूषण पाण्डे लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।



















प्रतिक्रिया