अभिलाष गुप्ता ,माघ ०८ वीरगञ्ज ।
२४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देश भरी विभिन्न कार्यक्रम गरी मनाई रहेको छ । सो सहि क्रम्मा मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेक्वाटर बारा पिलुवाले रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेक्वाटर बारा पिलुवाका प्रमुखको आतित्थ्यमा सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा २ महिला सहित २३ जनाले आफ्नो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वरिगञ्ज रेश्मकोठी उपशाखाका युवा संयोजकले जानकारी गराएका छन। कार्यक्रममा डम्बर बहादुर केसि,सुजित राय,बिपना बारामु,निरज वागले,जोगिन्दर राम,दिलिप लामा,सुमन मगर लगायतकाले रक्तदान गरेका हुन ।नेपाल रक्तसंचार केन्द्र वीरगञ्जमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाले प्राविधिक सहयोगले गरेका थिए ।



















प्रतिक्रिया