अभिलाष गुप्ता
माघ ०८ बिरगंज
Advertisement
पर्सा जिल्लाको बिरगंज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।
सोही स्थानमा रहेको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।
Advertisement
प्राप्त जानकारी अनुसार, तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । बसको तीव्र गतिको कारण साइकिल यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भए र तुरुन्तै घटनास्थलमै ज्यान गुमाएको प्रत्यक्षदर्शीले जानकारी दिए ।
आज मंगलबार करिब ९ बजेको समयमा स्कुल बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको फेटा गाँउपालिका वडा नम्बर ५ का ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँ रहेका छन् ।बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित बोखार चोकको पूर्व बाइपास सडकमा चौक स्थित तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकल यात्री मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।
Advertisement
बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई नारायणी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारीले दिए । ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।




















प्रतिक्रिया