विरगंज भन्सार कार्यालय तथा ग्रीन सिटी समुदायिक प्रहरीको सन्युक्त आयोजनामा बृहत सरसफाई कार्यक्रम

अभिलाष गुप्ता
माघ ०९ बिरगंज

Advertisement

समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं १६ विरगंज भन्सारमा ७३औँ अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा विरगंज भन्सार कार्यालयको आयोजनामा तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगर १० वीरगन्ज पर्साको सहकार्यमा सरसफाई कार्यक्रमका सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेको आतिथ्यमा तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य रतन टेमानिको अध्यक्षतमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सरकारी गैर सरकारी संघ संस्थाका पदाधिकारिहरु,समाज सेवी, बुद्धि जीवी, जनप्रतिनिधि तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारिहरु लगायत अन्दाजी २५० जनाको उपस्थितीमा विरगंज भन्सारको गेट देखि भित्र वाहिर तथा शंकराचार्य गेट सम्म सरसफाई कार्यक्रम सम्पन्न गरियो छ।

Advertisement

सो कार्यक्रममा प्रमुख भंसार अधिकृत रामप्रसाद पाठक, प्रमुख भंसारअधिकृत राजेन्द्र ढुंगाना, लेखाअधिकृत हृदय नारायण साह, विरगंजमहानगरपालिका निजी क्षेत्रका सरसफाइ प्रमूख शिव प्रसाद गुप्ता, सर्फुदिन् अंसारी,ग्रीन सिटी समुदायिकका सलाहकार चन्द्र अग्रवाल,त्रिलोक चन्द दारुका, सशस्त्र प्रहरी नायब निरीक्षक नागेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म विरगंज भन्सार पर्सा विरगंज प्रहरीवरिष्ठ हवल्दार प्रेम राम,अजिता घिमिरे,असली यादव लगाएतकाहरुको उपस्थिति रहेको थियो।

Advertisement