काठमाडौं : पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता, एभरेष्ट महिला भलिबल लिगमा आज राउन्ड रोविनका अन्तिम तीन खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा ललितपुर क्वीन्स र चितवन शक्तिबीच प्रतिस्पर्धा हुने तालिका छ। यस्तै आजै साँझ पौने ६ बजे मधेस युनाईटेड र गण्डकी थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ। आजको अन्तिम खेलमा राति पौने ८ बजे काठमाडौं स्पाइकर्स र कर्णाली यस्विशबीच प्रतिस्पर्धा हुनेछ।जारी प्रतियोगितामा कर्णाली यस्विश आफ्ना सबै चार खेल जितेर १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौं स्पाइकर्स ४ मध्ये ३ खेलमा जित निकालेर ९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा चितवन शक्ति र ललितपुर क्वीन्स समान ७ अंक जोडेर तेस्रो र चौथो स्थानमा छन्। यस्तै गण्डकी थन्डर्स ४ मध्ये १ मा जित निकालेर तीन अंकसहित तालिकाको पाँचौ स्थानमा रहँदा मधेस युनाइटेड भने जितविहीन रहँदै तालिकाको पुच्छारमा छ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच भोलि उपाधि भिडन्त हुनेछ।




















प्रतिक्रिया