वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनायो

 

अभिलाष गुप्ता
माघ १३ बिरगंज

Advertisement

भारतको ७६औँ गणतन्त्र दिवस वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइएको छ।भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले भारतको तिरंगा झण्डा फहराउँदै भारतका महामहिम राष्ट्रपति द्रौपदी मुर्मुद्वारा पठाइएको सन्देश वाचन गरे।

कार्यक्रममा रक्सौल र वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत गाउने र नृत्य प्रदर्शन गर्ने कार्यक्रम प्रस्तुत गरे। महावाणिज्यदूत मीनाले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र मोमेन्टो प्रदान गरे।

Advertisement

कार्यक्रमको सञ्चालन काउन्सिलर मनीष दासले गरेका थिए। यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र धामी, स्थानीय राजनीतिक दलका नेताहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

गणतन्त्र दिवसका अवसरमा आयोजित यो कार्यक्रमले भारत र नेपालको सीमावर्ती क्षेत्रका नागरिकहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

Advertisement