दशैं तथा दिपावलीको को शुभ अवसर मा आयोजित निःशुल्क स्वास्थ्य शिविर

आज मिति १९ असोज शनिबार को दिन वीरगन्ज को घडिअर्वा पोखरी मा रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्ज का अध्यक्ष रो. सौरभ बर्णवाल को अध्यक्षता मा आयोजित निःशुल्क स्वास्थ्य शिविर ,मधुमेह तथा रक्तचाप चेकजाँच भव्य रूपले सफल भएको जानकारी गराउँदछौ। यस शिविरमा नारायणी अस्पताल का वरिष्ठ फिजिसियन डा.निरज कुमार सिंह द्वारा चेकजाँच गरिएको थियो। यस निःशुल्क स्वास्थ्य शिविरमा नेपाल फर्मा का lapen diabets Division द्वारा औषधि सहयोग गरिएको थियो र रोटरेक्ट क्लब अफ युनाइटेड वीरगन्ज का सदस्य हरु को सहयोग मा लगभग १८० जना को चेकजाँच गरिएको थियो र निःशुल्क औषधि उपलब्ध गराई स्वास्थ्य शिविर लाई सफल बनाई दिएको मा सम्पूर्ण रो. रजिश चौधरी, रो. रोशनी भट्टराई,रो. सुजल ठाकुर,रो. ईशा अग्रवाल,रो. अर्चि सर्रफ,आशिष भट्टराई,सर्मिला भण्डारी, डिकेश यादव, बादल कर्ण लगायत का सम्पूर्ण सदस्य हरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छौ भनेर यस संस्थाका सचिव रो. संगम पण्डित ले जानकारी गराउनु भयो।