अभिलाष गुप्ता
माघ १५ बिरगंज
Advertisement
फस्ट इन्डो नेपाल ताइक्वान्दो ओपन च्याम्पियनशीप्स २०२५ मा बिपिएस प्लस २ का दुई विद्यार्थीले स्वर्णपदक हात पारेका छन् । बिपिएस प्लस २ को कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन । खेल सकेर फर्किएका विद्यार्थीहरुलाई कलेजले एक कार्यक्रम आयोजना गरि खादा, टिका र पुरस्कार प्रदान गरि सम्मान गरेको छ ।
कोशी प्रदेश ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउन हलमा आयोजना गरेको दुई दिने प्रतियोगितामा ५५ किलोमा यादव र ७४ किलोमा पटेल प्रथम हुदै स्वर्ण जितेको कलेजका एचआर निर्देशक संदिप कुशवाहाले जानकारी गराए ।
Advertisement
कलेजका शैक्षिक निर्देशक दिपक पटेलले बाटो जति कठिन हुन्छ, सफता पनि त्यती नै उच्च हुने बताउँदै बिद्यार्थीहरुमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे । उनलेे बिद्यार्थीलाई सम्मानित गर्दै यस कलेजमा अध्यनरत बिद्यार्थीले पदक जित्दै कलेजलाई गौरवान्वित बनाएको बताए ।
नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगञ्जले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको छ ।




















प्रतिक्रिया