बिरगंजको आदर्शनगरबाट ६ लाख रुपैयाँसहित एक भारतीय युवक नियन्त्रणमा

 

अभिलाष गुप्ता
माघ १७ बिरगंज

Advertisement

 

बिरगंजको आदर्शनगरबाट प्रहरीले श्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भारत बिहारको रक्सौल वडा नम्बर १४ का २७ वर्षिय ओमकुमार रौयिारलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजको आदर्शनगरबाट रौनियारलाई श्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

रक्सौलबाट बिरगंज आएका रौनियार सवार बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकल आदर्शनगरमा प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको प्लाष्टिकको बोराबाट नेपाली ५ सय दरका १ हजार २ सय थान नोट बरामद भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

बरामद रकमको रौनियारले स्रोत खुलाउन नसकेपछि बरामद रकम र मोटरसाइकलसहित उनलाई नियनत्रणमा लिएर उनिविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको लम्सालले बताए ।

Advertisement