अभिलाष गुप्ता
माघ १८ वीरगञ्ज
Advertisement
पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क आँखा शिविर वीरगञ्ज महानगरपालिका वडा नम्बर २६, अठराहामा सम्पन्न भएको छ। अभियानको १२औं चरण अन्तर्गत आयोजित यस शिविरबाट ८८ जना महिला तथा पुरुषले आँखा परीक्षण गराएका छन्।
शिविरमा आँखा परीक्षण गराएका ८८ जनामध्ये ३४ जनामा मोतियाबिन्दु देखिएको छ। यी बिरामीहरूको शल्यक्रिया वीरगञ्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने डा. महेश धामीले जानकारी दिएका छन्।
Advertisement
लोककल्याणकारी अभियान अन्तर्गत अहिलेसम्म १३ सय ४० भन्दा बढी व्यक्तिले आँखा परीक्षण गराइसकेका छन्। त्यस्तै, ३५० भन्दा बढी मोतियाबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।
जनमत पार्टीका युवा नेता एवम् जिल्ला अध्यक्ष ओम प्रकाश सराफका अनुसार गाउँदेखि सहरसम्म यस अभियानलाई निरन्तरता दिइनेछ। यस अभियानले विशेष गरी विपन्न तथा दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पु-याउने लक्ष्य राखेको छ।




















प्रतिक्रिया