अभिलाष गुप्ता
माघ १८ बिरगंज
Advertisement
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१५,स्थित शिरोमनीनगरमा रहेको सैन्थ जोन माध्यमिक विद्यालयको ३१ औं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिहंले व्यानर अनावरण र दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर सिंहले अभिभावकले आफ्नो बच्चाको पढाइ प्रती हरेक कुराको जानकारी राख्नु पर्ने बताए । आफ्नो बच्चा कुन विषयमा कम्जोर छ कसरी सुधार गर्न सकिन्छ भनेर शिक्षक संग सोधपुछ गर्न जागरुकता देखाउनु पर्ने बताए।
Advertisement
कार्यक्रममा बिधालयका संचालक डा. सरोज सिंहले शिक्षक,विद्यालय व्यवस्थापन समिति, शिक्षक , विद्यार्थी र अभिभावकहरूको पारस्परिकता र सहयोगका आधारमा मात्र विद्यालयको दिगो विकास हुने बताएका छन। सबको अथक प्रयासले मात्र एउटा बिद्यार्थीको जीवन सफल हुने बताए । अहिले यस बिधालयले बिधार्थीको पढाई संग संगै हरेक कुरामा उतिकै ध्यान पुर्वक काम गरि रहेको बताए ।
आज को कार्य सो बिधालयकाका संचालक डा.मोनिका यादव सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथमा डा.शैलेश ठाकुर,एमालेका नेता महेश दास,डा.कुशराज गिरी,जनमतका नेता ओमप्रकाश सरार्फ,अतिथीमा वीरगन्ज महानगरपालिका वडा नं. ४ का अध्यक्ष जगत साह कानु ,नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अनुप तिवारी,कार्य समिति सदस्य राहुल गुप्ता ,समाजसेवी एवम् बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,महेश सिंह धामी लगायत शिक्षक शिक्षिका तथा स्थानीय अभिभावकहरूको बाक्लो उपस्थिती रहेको थियो।
Advertisement
सो कार्यक्रममा अतिथिहरूलाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयका प्रिन्सिपल शिवम तुलस्यानले स्वागत मन्तब्य राखेका थिए ।




















प्रतिक्रिया