नेपाल रेडक्रस सोसाइटी माईस्थान उप-शाखाको नव निर्वाचितको प्रमाण-पत्र वितरण र शपथ ग्रहण कार्यक्रम

 

अभिलाष गुप्ता
माघ १८ बिरगंज

Advertisement

नेपाल रेडक्रस सोसाइटी माईस्थान उप-शाखाको नव निर्वाचित कार्य समिति लाई प्रमाण-पत्र वितरण र शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। आज शुक्रबारको दिन एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेलको आतिथ्यमा सम्पन भएको छ । भने विशिष्ट अतिथीहरुमा निर्वाचन अधिकृत दिनानाथ रौनियार एवम् पर्सा शाखाका मन्त्री साबिर अहमद एराज तथा आदर्शनगर उप शाखाका सभापति सन्तोष गुप्ता लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।

Advertisement

उक्त कार्यक्रममा नि.वर्तमान सभापति मदन प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो भने नव निर्वाचित कार्य समितिमा सभापति डा. प्रमोद कुमार सराफ
महिला उपसभापति-श्रीमति रेखा कर्ण,सचिवमा उमेश कुमार गुप्ता ,सह सचिव-प्रदिप कुमार गुप्ता ,कोषाध्यक्षमा उमेश साह कानु,स- कोषाध्यक्षमा वसन्त कुमार,महिला सदस्य निशा कुमारी ,सुरेन्द्र सरार्फ,निर्मल अग्रवाल,सन्दिप कुमार गुप्ता
गणेश प्रसाद साह लगाएतकाहरु लाई टिका लगाई ,गमछा ओढााई प्रमाण-पत्र वितरण र शपथ ग्रहण गराइएको थियोे।

उक्त कार्यक्रममा माईस्थान उपशाखाको नवनिर्वाचित पदाधिकारीहरु एवम् कार्यकारणीसदस्यहरुको शपथ ग्रहण गराउनुको साथै प्रमाण-पत्र वितरण गरिएको थियोे र पुरानो कार्य समितिका सदस्यहरु लाई स-सम्मान बिदाई गरिएको थियोे।सोको जानकारी रेडक्रसकर्मी राजन श्रीवासतवले दिएका थिए।

Advertisement