अभिलाष गुप्ता
माघ २० बिरगंज
Advertisement
सरस्वती पूजामा शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएका छन।
हिन्दु सङ्घ संस्थाहरूले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै सरस्वती पूजा शान्त र सभ्य रूपमा मनाउने वातावरणको निर्माण गर्न माग गरेका छन् ।
विश्व हिन्दु परिषद् नेपाल पर्साका अध्यक्ष वृजेश कुमार मल्लिक, राष्ट्रिय बजरंग दलका जिल्ला अध्यक्ष विवेक सिन्हा, हिन्दु परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सञ्जय सर्राफ, ईस्कन वीरगञ्ज पर्साका अध्यक्ष मुक्तिनाथ प्रभु र गहवामाई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवारले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।
वसन्त पञ्चमीका अवसरमा विभिन्न असामाजिक तत्त्वहरू सक्रिय हुने र आक्रमण गर्ने प्रवृत्ति हुने गरेकाले शान्ति सुव्यवस्था कायम गराउन पत्रमार्फत माग गरिएको छ । सरस्वती पूजामा कुनै पनि किसिमको अवरोध र बाधा अड्चन आएमा कठोर कदम चाल्न बाध्य हुने पनि पत्रमा उल्लेख गरिएको छ । हिन्दु सङ्घ संस्थाहरूले यसअघि पत्रकार सम्मेलन गरेर उच्छृङ्खल गतिविधि हुनबाट रोक्नुपर्ने बताएका थिए ।




















प्रतिक्रिया