नारायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनप्रति राष्ट्रिय वैश्य महासंघ द्वारा समर्थन

 

अभिलाष गुप्ता
माघ २० वीरगन्ज

Advertisement

वीरगन्ज स्थित नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरु द्वारा आन्दोलनप्रति राष्ट्रिय वैश्य महासंघ नेपाल पर्साले समर्थन जनाएको छ ।सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि बीचको विवाद अदालतमा पुगेपछि ५ बर्षदेखि भवन निर्माण कार्य अन्योलमा रहेको छ ।

भवन निर्माणको विवाद सम्बन्धि मुद्धाको पेशी सर्वोच्च अदालतमा यहि माघ २८ गते छ । अदालतले उक्त मुद्धाको छिनोफानो गरेर भवन निर्माणको प्रकृया छिट्टै सुरु गर्नुपर्ने माग राखेर नारायणी अस्पतालका डाक्टर,नर्स र कर्मचारीहरुले गत शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै सडकमा धर्ना दिएका थिए ।

Advertisement

उक्त आन्दोलनप्रति आइतबार राष्ट्रिय वैश्य महासंघ नेपाल पर्साले समर्थन जनाएको महासंघका महासचिव अनिल सर्राफले जानकारी दिए । गीतामन्दिर प्रांगणबाट महासंघका अगुवाहरुले ब्यानरसहितको र्याली निकालेर अस्पताल परिसरमा पुगेर भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका बरिष्ठ चिकित्सक डा. नीरज सिंहलाई महासंघको तर्फबाट ऐक्यबद्धता रहेको पत्र हस्तान्तरण गरेको महासचिव सर्राफले बताए । साथै ५ बर्षदेखि अल्झिएको भवन निर्माणको प्रकृया तत्काल सुरु गर्न नेपाल सरकारसंग मागपनि गरिएको उनले बताए ।राष्ट्रिय वैश्य महासंघ नेपाल पर्साका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वैश्य समुदायका अगुवा तथा पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेली,डा. प्रमोद सर्राफ,दिना गुप्ता लगायतकाकोपनि सहभागीता रहेको थियो ।

Advertisement