अबैध लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा

 

  • अभिलाष गुप्ता
    माघ २१ वीरगन्ज

बारा प्रहरीले ठुलो मात्रामा अबैध लागुऔषध गाँजासहित २ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

Advertisement

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगंज खजानीबाट खटिएको प्रहरीको टोलीले सुवर्ण गाउँपालिका वडा नं ३ बकतौरा स्थित नेपालबाट भारततर्फ लैजाने क्रममा ४ पोकामा ६३ किलो २०० ग्राम अबैध लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

प्रहरीले बकतौरामा लैजाने क्रममा बागमती प्रदेश ०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकलमा ६३ किलो अबैध लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो।

Advertisement

प्रहरीलाई हेरेर चालक फरार भएकाले मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता सापकोटाले बताउनुभयो।

Advertisement