अभिलाष गुप्ता
माघ २२ बिरगंज
Advertisement
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग द्वारा
अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बिरगंज आदर्शनगर स्थित मकालु होटेलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मुख्य अतिथी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको आतिथ्यमा सम्पन्न भएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलकोका भनाई अनुसार पहिले पहिले त मौरीले मह बनाउ थियो अचेल त मान्छेले मह बनाउन थालीसकेको छ । त्यो पनि नक्कली चिनी र केमिकलले मिसावटको जवाना भैसकेको छ जेमा पनि मिसावट हुँदै छ हामीले यस्ता लाई न रोके हामीनै असवस्थय हुने छौ। जब हामी बिरामी भएपछी देश अगाडि कसरी बढ छ। कुनै पनि कार्य गर्न अफु सवास्थ्य हुन जरुरी छ।
Advertisement
उनले थपे बच्चा जन्मे पछी जन्म दर्ता गराउने गरिन्छ तेस्तै कुनै ब्यापार गर्नु अघि दर्ता गर्न आवसयक छ दर्ता गरेर काम गर्नु राम्रो हो बैध मानिन्छ।त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , केन्द्रिय सदस्य धिरज शर्माले अब उपभोक्ता सचेतनाको लागि स्कुल देखि नै पाठ्यसामग्रीमा समाबेश गर्नु पर्ने र उपभोक्ता प्राधिकरण बनाएर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरि कलैया उद्योग वाणिज्य संघ का उपाध्यक्ष प्रदिप साहले सन्युक्त अनुगमन टोलि डाका सैलीमा आउने हुदा त्यसलाई सच्याउन आग्रह गरे नत्र हामी प्रतिकारमा उत्रिन तयार रहेको बताए ।
Advertisement
उक्त कार्यक्रममा सज्जन अग्रवाल , कस्टमेटिक व्यवसायी , नेपाल पत्रकार महासंघ पर्सा का अध्यक्ष ओमप्रकाश खनाल , निरज पिठाकोटे मगर , बिजय चौहान , अरुण खनाल , रन्जु फुयाल , यशोधा गजुरेल लगायतले आआफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रम संचालन अमित कुमार झाले गरेका थिए भने स्वागत मन्तव्य निर्देशक डिक बहादुर कार्कीले गरेका थिए ।





















प्रतिक्रिया