चालकले ट्राफिक नियम पालना मात्रै गर्ने हो भने धेरै हदसम्म दुर्घटना कम हुन्छ:पर्साका ट्राफिक प्रमुख भट्ट

 

अभिलाष गुप्ता
माघ २५ बिरगंज

Advertisement

नेपालमा हुने सडक दुर्घटनाको ७८ प्रतिशत कारण भनेको चालकको लापर्वाही नै हो । त्यसपछि सडकको अवस्थाका कारणले पनि धेरै दुर्घटना हुने गर्छ । गाडीको अवस्था,ट्राफिक नियमको पालना नगर्नु, जनचेतनाको कमी, धेरै यात्रु बोकेर हिँड्नु, तीव्र गतिमा गाडी हाँक्नु लगायतका धेरै कारणले गर्दा पनि दुर्घटना हुने गर्छ ।

जनचेतनाको अभावका कारण कतिपय सवारी दुर्घटनामा पैदल यात्रीले समेत ज्यान गुमाउनु परेको भन्दै चालक यात्रुलाई जिम्मेवार बनाउन ट्राफिक कार्यालय पर्साले विभिन्न सडक जनचेतना अभियान संचालन गर्दै आएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले बताए ।

Advertisement

अहिले सर्बसाधारणमा जनचेतनाको अभावका कारण यातायातका साधनको सिट क्षमताभन्दा बढी यात्रु बस्ने, जथाभावी बाटो काट्ने गरेका कारण यात्रुलाई जनचेतनाको माध्यमबाट सचेत गराउदै आएका छौ उनले बताए ।

दुर्घटना न्यूनीकरण गर्न गाडी कसरी चलाउने, गाडी आफ्नो नियन्त्रणमा राख्नको लागि कति गति हुनुपर्छ र बाटोअनुसार कति गति कायम गर्ने भन्ने कुरा चालकको योग्यता, क्षमता र नियन्त्रणको कुरा भएकोले चालकले यो कुरामा ध्यान दिने हो भने धेरै दुर्घटना टर्न सक्छन् । त्यस्तै हतार नगर्ने हो लेनमा गाडी गुडाउन सकिन्छ । तर हामी सबैलाई हतार हुन्छ र अरुको लेनमा हामी जान्छौं । यसले गर्दा गाडी जुध्ने, मान्छेलाई ठक्कर दिने सम्भावना धेरै हुने गरेको छ । यसमा पनि सबैले ध्यान दिन जरुरी छ ।

Advertisement

सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने नत्र वेवास्ता गर्दै हिँड्ने यस्ता प्रवृत्ति अहिले धेरै बढेको छ । यसलाई नियन्त्रण गर्न पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्युनिकरण गर्नु प्रमुख उद्देश्य रहेको उनले बताए ।

ट्राफिक नियम पालना गर्नका लागि हामीले मनबाटै अठोट लिन जरुरी छन । जीवन सबैको अनमोल छ । सडकमा गाडी चलाउदा वा पैदल हिड्दा जहिले सतर्क भएर हिन्न उनले आग्रह समेत गरे ।