काममा लगाईदिने भनि बेश्यावृत्ति गराउने २ जना पक्राउ

 

अभिलाष गुप्ता
फाल्गुन ०२ वीरगन्ज

Advertisement

मानव बेचबिखनमा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने ४५ वर्षिय गिनिलाल गुप्ता र भारतको पुर्वी चम्पारन थाना नकरदेही ग्राम भवानीपुर वडा नं ६ बस्ने ४० वर्षिय जयप्रकाश साह रहेका छन्।

Advertisement

उनीहरुले वीरगन्ज महानगरपालिका वडा नं १५ मा संचालनमा रहेका होटलहरूमा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरुसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्यावृत्ति गराउने गर्थे।

उनीहरु होटल स्मार्ट २ र न्यु शान्ति सैनिक होटलबाट पक्राउ गरिएको थियोे। यस्तै प्रलोभनमा परेका ४ जना महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

Advertisement

पक्राउ परेका गुप्ता र साह माथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कसुरमा थप अनुसन्धान भईरहेको छ।