किरण आँखा अस्पतालको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन ०८ बिरगंज

Advertisement

किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको परवानीपुर गाउँपालिका रामपुर स्वास्थ्य चौकी वडा नम्बर २ स्थित रामपुर टाेकनि बारामा सम्पन्न भएको छ। उक्त निशुल्क आँखा शिविरमा प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष महम्द नुरुल्ला ओधाको आतिथ्यमा सम्पन्न भएको हो भने विशिष्ट अतिथिमा वडा सचीव सन्तोष नेपाली रहेका थिए।

उक्त आँखा शिविरमा १४१ जनाको आँखा परिक्षण भएको किरण अस्पतालको आरती गुप्ताले जानकारी दिनु भयो ।

Advertisement

सो मध्य २९ जनामा मोतिया बिनदु फेला परेको छ ।सबैको शल्यक्रिया किरण आँखा अस्पतालमा हुने गुप्ताले बताउनु भयो । शिविरमा अस्पतालको तर्फ बाट प्राविधिक पुस्पा सर्राफ,कम्लेश कुमार,आर्ती गुप्ता, रामबाबु चौरसीया लगायतको उपस्तिथि रहेको थियो ।

Advertisement