टी–२० नकआउट क्रिकेट प्रतियोगितामा बिकन स्कूल,गुरुकुल एकेडेमी, लिटिल एन्जल्सको जित

 

अभिलाष गुप्ता
फाल्गुन ०८ बिरगंज

Advertisement

बिरगंजमा जारी ९ औँ प्याब्सन नेपाल मेडिसिटी इन्टर स्कुल टी–२० नकआउट क्रिकेट प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छन् । आज नारायणी क्रिकेट मैदानमा भएको खेलमा गुरुकुल एकेडेमी, लिटिल एन्जल्स र बिकन स्कूलले जित हासिल गरेका छन् ।

पहिलो खेल बिहान ८ बजे गुरुकुल र माउन्ट एडमन्डबीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुलले निर्धारित १५ ओभरको खेलमा ५ विकेट गुमाएर ११९ रनको योगफल तयार पारेका थियो । माउण्ट एडमण्डका आदर्श श्रेष्ठ र आदर्श कुमार झाले २÷२ विकेट लिए । प्रिन्स चौहानले १ विकेट लिए ।
१२० रनको लक्ष्य पछ्याएको माउण्ट एडमण्ड १५ ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै समेटियो । गुरुकुलका साजिद अली एक्लैले ३ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । यस खेलमा गुरुकुलका सज्जिद अन्सारी नै प्लेयर अफ द म्याच घोषित भए ।

Advertisement

दोस्रो खेल बिहान ११ बजे नेपाल कावेरी र लिटिल एन्जल्सबीच भएको थियो । नेपाल कावेरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिंग गरेको लिटिल एन्जल्सले निर्धारित १५ ओभरमा एक विकेटको क्षतीमा १६० रन बनाएको थियो । जसका लागि कृष्ण साहले ५२ बलमा १२ चौका प्रहार गर्दै ८४ रन बनाए । १६१ रनको लक्ष्य नेपाल काभेरीले भेटाउन सकेन । नेपाल काभेरीले ७४ रनमै सबै विकेट गुमायो । उक्त खेलमा लिटिल एन्जल्सका कृष्ण साह प्लेयर अफ द म्याच घोषित भए ।

तेस्रो खेल दिउँसो २ बजे हिमालयन पिरामिड र बेकनबीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन पिरामिडले ११.३ ओभरमै सबै विकेट गुमाएर ५२ रन बनायो । ५३ रनको सामान्य लक्ष्य बिकन स्कुलले जम्मा ४.४ ओभरमै ३ विकेटको क्षतिमा भेटायो । ७ विकेटले बिकन विजयी भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । बिकनका साहिद मियाँ प्लेयर अफ द म्याच घोषित भए ।

Advertisement