बिरगंज कलेज अफ मेनेजमेन्ट एवम् प्रशिक्षण केन्द्र द्वारा विदाई तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन ०९ बिरगंज

Advertisement

आज शुक्रबारको दिन बिरगंज कलेज अफ मेनेजमेन्ट एवम् प्रशिक्षण केन्द्र द्वारा विदाई तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिरगंज कलेज अफ मेनेजमेन्ट एवम् प्रशिक्षण केन्द्रको पहिलो बार्षिक उत्सवको अवसरमा सो विदाई तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रम बिरगंजको भिस्वा होटेलमा सम्पन्न भएको छ। सो कार्यक्रममा प्रमुख अतिथी भिस्वा होटेलका संचालक दिपकमान श्रेष्ठको एवम् विशिष्ट अतिथीमा बिरगंज युवा समाजका संस्थापक अध्यक्ष एवं बिरगंजका चर्चित युवा समाजसेवी कमल चौलागाईंको आतिथ्यमा सम्पन्न भएको हो।आजको कार्यक्रम बिरगंज कलेज अफ मेनेजमेन्ट एवम् प्रशिक्षण केन्द्रका प्रीन्सिपल गुन्जन पटेलको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रमको अतिथीमा ज्ञयान ज्योति स्कुलका संचालक दिपा योन्जन,सन्जु गिरि,कंचनजङा स्कुलका डाईरेक्टर मार्टिन मोक्तान,सुस्मृती श्रेष्ठ,बिबेकमान श्रेष्ठ लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

उक्त कार्यक्रममा विशिष्ट अतिथीमा बिरगंज युवा समाजका संस्थापक अध्यक्ष एवं बिरगंजका चर्चित युवा समाजसेवी कमल चौगाईंका अनुसार हाम्रो बिरगंजका युवा युवतीहरुलाई आत्म निर्भर बन्नु छ भने कुनै न कुनै रोजगार मुलक सीप सिख्न आवश्यक छ। हरेक युवायुवतीले सीप सिख्नु जरुरी छ।आफ्नै देशमा बसेर हामी युवायुवतीहरुले देशको लागि केही न केहि गर्नै पर्छ भन्ने कुरामा जोड दिएका थिए।

Advertisement

दिपकमान श्रेष्ठका भनाई अनुसार जब देखि हामी बिरगंजमा सेवा सुचारु गर्यौ तब देखी बिरगंजका युवायुवतीहरुलाई होटेल मेनेजमेन्ट पढ्नको लागि काठमाडाै एवं छिमेकी देश भारत जानू नपरोस् भन्न उदेश्यका साथ यो सुचारु गरेका छौ। हाम्रोमा
होटेल मेनेजमेन्टमा राम्रो तथा गुन्स्तिय शिक्षा दिनुका साथै दक्ष तथा अनुभवी शिक्षक बाट शिक्षा प्रदान गरिन्छ।

यो बर्ष १५ जना युवायुवतीहरुले कोर्स पूरा गरि दक्षभई उनिहरु लाई मायाको चिनो दिई बिदाई गरिएको थियो भने आजको कार्यक्रम सहजीकरण कंचनजीले गर्नु भएको थियोे।

Advertisement