अभिलाष गुप्ता
फाल्गुन ०९ बिरगंज
Advertisement
प्याब्सन इन्टर स्कूल टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन् । आज भएका खेलहरूमा माउन्ट मकालु, विद्या सागर र साउथ जोन स्कुुल विजयी भएका हुन् ।
पहिलो खेलमा माउन्ट मकालुले सिद्धार्थ इन्टरनेशनल स्कूललाई ३४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको माउन्ट मकालुले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो । १२५ रनको लक्ष्य पछ्याएको सिद्धार्थ इन्टरनेशनल स्कूल १५ ओभरमै ९ विकेट गुमाएर ९० रनमा सीमित भयो। खेलको ‘प्लेयर अफ द म्याच’ माउन्ट मकालुका कन्हैया यादव घोषित भए ।
Advertisement
दोस्रो खेलमा नवदीप र विद्या सागर भिडेका थिए । टस जितेर नवदीपले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको विद्या सागरले १५ ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो । १५३ रनको लक्ष्य पछ्याएको नवदीप १०.४ ओभरमै ५३ रनमा अलआउट भयो । यसरी विद्या सागर ९९ रनको फराकिलो जित निकाल्न सफल भयो । खेलको ‘प्लेयर अफ द म्याच’ विद्या सागरका मोहताब आलम बने ।
तेस्रो खेलमा साउथ जोन र लिटिल एन्जल्सबीच रोचक प्रतिस्पर्धा भएको थियो । टस जितेर लिटिल एन्जल्सले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ६ विकेटको क्षतिमा १०४ रनको योगफल तयार गरेको थियो । साउथ जोनले १३.३ ओभरमा ५ विकेट बाँकी छँदै १०५ रनको लक्ष्य भेटायो । खेलमा साउथ जोनका बिक्की यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए । सबै प्लेयर अफ दी म्याच भएका खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी गराएका थिए।




















प्रतिक्रिया