अभिलाष गुप्ता
फाल्गुन १० बिरगंज
Advertisement
उपकार सेवा नेपाल नामक संस्था द्वारा जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्ज निवासी सहयोगापेक्षी ४३ वर्षिय ब्यक्ति सुमन कार्कीलाई एक कार्यक्रमको आयोजना गरि एक थान ह्वीलचेयर प्रदान गरेको छ।
सामाजिक अभियन्ता प्रकाश थारूका अनुसर तीन बर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड्न डुल गर्न नसक्ने भयेकोले उनको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले अपांगता भएका तथा असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ। यस सहयोगले निज सुमन कार्कीको दैनिक जीवनयापन्नमा सहजता ल्याउने विश्वास गरिएको छ।
Advertisement
कार्कीको शारीरिक अवस्था पुर्णरुपमा अपाङ्ता भएकालेे उनको स्वस्थ्यलाई ख्याल गर्दै ऊनको घरमै पुगी एक कार्यक्रम बिच व्हील चेयर प्रदान गरिएको थियोे।
सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी सदस्य अंकुर शर्मा लगाएतकाहरुको समेत उपस्थिति रहेको थियो




















प्रतिक्रिया