प्याब्सन जुनियर फुटबल प्रतियोगितामा ज्ञान ज्योति र ठोरी एकेडेमीको शानदार जित

 

अभिलाष गुप्ता
फाल्गुन १० बिरगंज

Advertisement

बिरगंज स्थित विपद व्यवस्थापन गुल्मको खेलमैदानमा जारी राज होजियारी प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। प्रतियोगितामा ज्ञान ज्योति र ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो-आफ्नो खेल जितेका छन्।

प्रतियोगिताको पहिलो खेलमा डीएभी र ज्ञान ज्योती बीच प्रतिस्पर्धा भएको थियो। खेलको शुरुवातदेखि नै दुवै टोली आक्रामक देखिए पनि ज्ञान ज्योतिले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै २ गोलको अन्तरले जित हासिल गर्‍यो।
ज्ञान ज्योति टोलीका खेलाडी सोयम प्रजापति प्लेयर अफ दी म्याच घोषित भए।

Advertisement

दोस्रो खेलमा ठोरी एकेडेमी र बीपीएस भिडन्त भयो। ठोरी एकेडेमीले उच्च प्रदर्शन गर्दै ३ गोलको फराकिलो अन्तरले बीपीएसलाई पराजित गर्‍यो।ठोरी एकेडेमीका खेलाडी सागर पन्तले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जितन सफल भएका थिए।

Advertisement