अभिलाष गुप्ता
फाल्गुन १५ बिरगंज
Advertisement
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवन स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा सखुवा प्रसौनी गाउँपालिका–५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरि, समाजसेवी चन्दन सहनी निषाद, जदु शाह तेली लगायतको उपस्थिति रहेको थियो।
शिविरमा २०६ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए, जसमा ६१ जनामा मोतियाबिन्दु देखा परेको छ। ती बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि आवश्यक परामर्श प्रदान गरिएको छ। किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकहरूले परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरेका थिए।
Advertisement
अर्को बारा जिल्लाको कलैया स्थित वडा नम्बर -७ हेल्थपोस्ट रंगपुर शिविरमा ११५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए, जसमा ३० जनामा मोतियाबिन्दु देखा परेको छ। उक्त शिविरमा किरण आँखा अस्पतालका प्राविधिक पुष्पा,आरती गुप्ता,मुकेश कुमारको उपस्थितिमा सम्पन्न भएको हो।




















प्रतिक्रिया