फाल्गुन १६ । कुनै पनि समुदायको अस्तित्व जोगाउन नयाँ पुस्ताको हाथमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनको प्राज्ञसभा सदस्य तथा कलाकार अजमत अलि अंसारीले बताएका छन्। भाषाले मात्र कुनै समुदायको पहिचान मुल्याङकन गर्नु ठिक नहुने भएकोले समग्र तत्वहरुको मेलबाट बनेको ठोस आकारलाई निकै सुक्षम बिश्लेषण हुनु पर्ने उनको भनाई । नेपाल भोजपुरी समाजले वीरगञ्जको सनलाईट माबिमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्राज्ञ अंसारीले विद्यालयका स साना नानी बाबुहरु कोमल माटो जस्तै भएकोले भोजपुरी कला संस्कृतिको आकार दिन अहिलेबाट सुरु गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा नेपाल भोजपुरी समाजका सचिव राजेन्द्र सिंहले भाषा, कला संस्कृतिको बारेमा प्रशिक्षण गरेका थिए । उक्त अवसरमा अध्यक्ष ध्रुवसिंह ठकुरी, सल्लाहाकार मनोज कुमार मिश्र, संचारकर्मी अभिलाष गुप्ता, विद्यालयका प्र.अ आलोक चौरसिया,शिक्षक मनजय सहनी,नवल किशोर गुप्ता,विशाल गुप्तालगायतको सहभागीता रहेको थियो ।कार्यक्रममा प्र.अ.आलोक चौरसियाले अब उपरान्त विद्यालमा आयोजना कुनै पनि कार्यक्रममा भोजपुरी भाषामा समेत बिभिन्न क्रियाकलाप गराउने प्रतिब्द्धता व्यक्त गर्नु भयो ।



















प्रतिक्रिया