गौतम स्कूलको ४८ औं वार्षिक कार्यक्रमको पहिलो दिन जुनियर बिङ्समा सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन १६ बिरगंज

Advertisement

बिरगंजस्थित गौतम स्कूलको ४८ औं वार्षिक कार्यक्रम आज पहिलो दिन शुक्रबार स्कूल प्रांगणमा भव्य रूपमा सम्पन्न भएको छ ।कार्यक्रममा बालबालिका र विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सृजनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । त्यस्तै, वर्षभरि सञ्चालन भएका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको बारेमा पनि जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा वीरगञ्ज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले गौतम स्कूलले शिक्षाको क्षेत्रमा वर्षदेखि पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे । उनले विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वास देखेर आफू प्रभावित भएको बताउँदै यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरेका थिए।

Advertisement

त्यस्तै, स्कूलकी सहायक प्रधानाध्यापक परिक्षा पिया लामाले आफ्नो मन्तव्यमा विद्यालयको लामो यात्रा र उपलब्धिहरूबारे प्रकाश पारिन् । उनले ४८ वर्षको अवधिमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहयोगले गौतम स्कूलले यो उचाइ हासिल गरेको बताइन् ।

कार्यकारी निर्देशक सोनम लामाले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक योजना र कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।विद्यार्थीहरूको मेहनत र समर्पणको प्रशंसा समेट गरेका थिए। गौतम स्कूलले आगामी वर्षहरूमा पनि यस्तै रचनात्मक र शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Advertisement

कार्यक्रममा स्कूलका कार्यकारी निर्देशक सोनम लामा, सहायक प्रधानाध्यापक परिक्षा पिया लामा,समाजसेवी मधु बस्नेत,महानगरका अध्यक्ष राहुल श्रीवस्तव,शिव जी गुप्ता , अभिभावक बर्ग,विद्यार्थी एवम् विभिन्न स्कुल बाट आएका शिक्षकहर तथा विभिन्न मिडिया बाट आएका सन्चारकर्मी हरुको उल्लेखनिया विशेष व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।

सो कार्यक्रम सहजीकरण गौतम स्कूलको शिक्षक सौराज प्रधानले गरेका थिए