जनमतपार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत २४ र २५ औं निशुल्क आखा शिविर सम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन १६ बिरगंज

Advertisement

अहिले सम्म ३ हजार एक सय पचास जना लाभान्वित ।
जनमतपार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत जारी निशुल्क आन्खा शिविर आज पर्सा क्षेत्र नम्बर -३, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -५ बालुवामा २४ औं शिविर सम्पन्न भएको छ। उक्त शिविरबाट १०२ जना लाभान्वित भएका छन् भने ३३ जनामा मोतिया बिन्द भेटिएको छ। त्यसैगरि बहुदरमाई नगरपालिका वडा नम्बर -४ डकैला बहुअरीमा २५ औं शिविर सम्पन्न भएको छ। उक्त शिविरबाट ७७ जना लाभान्वित भएका छन् भने ३१ जनामा मोतियाबिन्द भेटिएको छ। सबैको शल्यक्रिया वीरगन्ज सामुदायिक आन्खा अस्पतालमा निशुल्क गरिने जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

शिविरमा जनमत पार्टीका नेताहरू राजुराज गिरि, नजमा खातुन ,राम राज साह, जय कुमार साह लगायत वीरगन्ज सामुदायिक आन्खा अस्पतालका प्राविधिकहरुको सक्रिय सहभागीता रहेको थियो। यो अभियानबाट अहिले सम्म तीन हजार एक सय पचास जना लाभान्वित भएका छन् भने आठ सय साठी जनाको मोतिया बिन्दको शल्यक्रिया निशुल्क गरिएको छ।यो अभियान गाउँ देखि सहर सम्म निरन्तर जारी नै रहने रहने अध्यक्ष सरार्फले बताए ।

Advertisement