समाजसेवी राम नरेश साह द्वारा गरिब छोरीको बिवाह सम्पन्न

अभिलाष गुप्ता 

फाल्गुन १८ बिरगंज 

Advertisement

 

बीरगंज महानगरपालिका अलौ स्थित कोनीया गाउँ को गरिव परिवार जादोलाल बैठा को दुई छोरीहरू लाई समाजसेवी राम नरेश साह ले सम्पूर्ण खर्च बेहोरेर शुभविवाह गराएको कार्यक्रम मा सरिक भएको। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पि. गौतम मिश्र, समाजसेवी प्रकाश उपाध्याय,राजा साह, समाज सेवी प्रकाश थारू, कन्हैया पटेल, बिकास चौधरी, सुभाष सिंह, प्याब्सन पर्सा को अध्यक्ष सरोज चौधरी लगाएर अन्य समाजसेवी गन्यमान्य व्यक्तित्व तथा गाउँ समाज का भद्र भलादमीहरू को उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रम मा बीरगंज कपडा बैंक, दहेज प्रथा विरूद्ध अभियान लगायतका संस्थाहरू ले राम नरेश साह ज्यु लाई सम्मान पत्रले सम्मान पनि गरेका थिए।उक्त कार्यक्रमको संचालन समाजसेवी लाल बाबु सिंह ले गर्नु भएको थियो।

Advertisement