जनमत पार्टी को आयोजनामा निशुल्क ऑखा शिविर सम्पन्न ३७ जना मोतियाबिन्दु रोग फेला

 

अभिलाष गुप्ता
फाल्गुन १८ बिरगंज

Advertisement

जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक ऑखा अस्पतालको प्राविधिक सहयोगमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित माधोपुर स्कुल को प्रांगणमा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

जनमत पार्टीको क्षेत्र नम्बर ४ का क्षेत्रिय संयोजक बृजेशवर प्रसाद चौघरीको नेतृत्वमा सम्पन्न भएको छ। उक्त कार्यक्रम मा जनमतपार्टीका केन्द्रीय सदस्य विनय यादव,यूवा नेता हिरालाल राम,सामाजसेवी दशरथ साह,शिवलाल राम,सुखराम राम शिविर कोडनेटर राजेश चौधरी लगायतहरुको उपस्थिति रहेको थियो।

Advertisement

आज आइतबारको यो शिविर बाट ११९ जना लाभान्वित भएका छन। भने ३७ जना मोतियाबिन्दु फेला परेको थियोे ।यिनीहरुलाइ यसै हप्ता २० गते मंगलवार का दिन वीरगंज को सामुदायिक ऑखा अस्पतालमा लगी निशुल्क शल्यक्रिया गरिने चौघरीले जानकारी गराउनु भएको हो।

Advertisement