अभिलाष गुप्ता
फाल्गुन १९ बिरगंज
Advertisement
बिरगंज महानगरपालिका मुर्लीशान्ति टाेल स्थित बिपिसी कलेजको नया भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि माँ सरस्वती ट्युसन सेन्टर वीरगन्ज द्वारा सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा माँ सरस्वती ट्युसन सेन्टरका संचालक देव जयसवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बिगत ६ बर्ष देखि माँ सरस्वती ट्युसन सेन्टर बाट उत्कृष्ट शिक्षा दिदै आएको एवं विभिन्न १० वटा स्कुलका बालबालिका एवम् बिद्यार्थीहरुले उत्कृष्ट कार्य गरे बापत दिईएको हो।
Advertisement
प्रमुख अतिथी मधेस बिश्व बिधालयका उपकुलपति डा.दिपक शाक्य,विशिष्ट अतिथि ठाकुरराम बहुमुखी क्याम्पसका सह प्रधायानाध्यापक इन्दु शेखर मिश्रा, एन.आई.कलेजका संयोजक अन्नतलाल दास,सिधार्थ स्कुलका प्रीन्सीपल डा.सुश्मा तिवारी ,इन्जिनियर आकाश कुमार गुप्ता,संचारकर्मी अभिलाष गुप्ता लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
शुभकामना मन्तव्य जिएचपि स्कुलका नुर साह सरले गर्नु भएको थियोे।ए.प्ल्स एकेडेमीका बालबालिकाहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
प्रमुख अतिथी मधेस बिश्व बिधालयका उपकुलपति डा.दिपक शाक्यका भनाई अनुसार माँ सरस्वती ट्युसन सेन्टरले शिक्षाको क्षेत्रमा वर्षदेखि पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरे । उनले विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वास देखेर आफू प्रभावित भएको बताउँदै यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरेका थिए।उक्त कार्यक्रम सहजीकरण सन्चारकर्मी राजेन्द्र सिंह राजपुतले गरेका थिए।




















प्रतिक्रिया