समृद्ध समाजका लागि युवा सशक्तिकरण द्वारा होली मिलन समारोह एवं शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
फाल्गुन २३ बिरगंज

Advertisement

समृद्ध समाजका लागि युवा सशक्तिकरण द्वारा होली मिलन समारोह एवं शुभकामना आदन प्रदान कार्यक्रम एक समारोहको आयोजना गरि सम्पन्न गरिएको छ। उक्त कार्यक्रम वीरगंज महानगरपालिका वडा नं १५ स्थित नेशनल मेडिकल चौकमा भएको थियोे। उक्त कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर १६ का वडा अध्यक्ष प्रसुराम चौरसियाको आतिथ्यमा एवं विशिष्ट अतिथिमा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सराफ,हिन्दु परिषदका सन्जय सराफ,चन्दा,ज्योती देबि,सुशिला भणडारीको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

आईज नेपालका अध्यक्ष महेशजीको अध्यक्षतामा सम्पन्न भएको थियोे भने उपाध्यक्ष रुपशिला देबिको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। स्वागत मन्तव्य एवम् कार्यक्रम सहजीकरण राजिव न्योपानेले गरेका थिए। उक्त कार्यक्रममा ३० जना दृस्ठि बिन्द संग होलिको आदान प्रदान एवम् होलिको शुभ अवसरमा टीका अवीर लगाईएको थियो र बधाई समेत दिईएको थियो।

Advertisement