अभिलाष गुप्ता
फाल्गुन २३ बिरगंज
Advertisement
बिरगंजमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वीरगञ्ज महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वीरगञ्जको घण्टाघर चोकमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जुनसुकै स्थानमा जस्तोसुकै महिला हिंसा गर्ने व्यक्तिलाई खोजीखोजी कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एक महिनाभित्र चार जना महिला हिंसा गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको जानकारी दिँदै समाजमा महिला हिंसा गर्नेलाई कारबाहीको दायरामा ल्याउन आम नागरिकले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याए ।
कार्यक्रममा एनजीओ सीसी पर्साका अध्यक्ष इब्राहिम देवान, वीरगञ्ज महानगरपालिकाको महिला शाखाका अधिकृत रञ्जना पण्डितलगायतले शुभकामना दिएका थिए ।
Advertisement
दिवसकै अवसरमा यसअघि याली पनि निकालिएको थियो सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण भन्ने नारासहित आयोजित याली घण्टाघरबाट निस्किएर नगर परिक्रमा गरेर पुनः घण्टाघरमै आएर टुंगिएको थियो । महिला दिवस कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, ओसीएमसी पर्सा, माइती नेपाल, आफन्त नेपाल, आवर संसार, दलित महिला संघ, सानो पाइला, सहयात्री समाज, आमा नेपाल फाउन्डेशन लगायतका संघसंस्थाको सहकार्यमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम,सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंह, साउथ सिटी हस्पिटल एवम् बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई,सामुदायिक प्रहरी कुमहालटाेलका सचीव श्रवन बहादुर रायमाझी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।




















प्रतिक्रिया