अभिलाष गुप्ता
फाल्गुन २४ बिरगंज
Advertisement
आज बिरगंज समाज सेवाको आयोजनामा ४४ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम नारायणी अस्पतालमा
सम्पन्न भएको छ । प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो।बिहानको १० बजे देखि सुद्ध सफा र पोसिलो युक्त खाना खुवाउने गरिन्छ।
आजको निशुल्क भोजन शिविरको प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकार गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथीमा सहायक जिल्ला अधिकार ,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी. गौतम मिश्र,सस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवनबहादुर रायमाझी,नारायणी अस्पतालका प्रशासन प्रमुख डा. उदय नारायण सिंह,संचारकर्मी अभिलाष गुप्ता,निराजन साह,राज सराफ लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
आजको शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , पनिर आलु मिक्स तरकारी , अचार रहेको थियोे र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो। मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो तेसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।
Advertisement
बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताका भनाई अनुसार हामी यो कार्य लाई निरंतरता दिदै आएका छौं यो पुण्यको कार्य हो यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेका थिए उहाले भन्नू भो आज हामी साथी भाइ मिलेर यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु।
बिरगंज समाज सेवाका सचीव प्रकाश बाहेतीका भनाई अनुसार गरिब,निमुखा,बिरामी,कुरुवा,असहायहरु लाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ। अब आउने दिनमा पनि म संगजे जति सहयोग हुन्छ म गर्ने छु। वहाले थपनु भो की यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।
Advertisement
आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , राजेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , समाजसेवी राजेन्द्र भट्टराई एवम् सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।




















प्रतिक्रिया