
अभिलाष गुप्ता।वीरगञ्ज ३०,कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्वारा विश्व मधुमेह दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम कलेजको प्रङनमा सम्पन्न भएको छ। मधुमेह र कल्याण भन्ने मुल नारा सहित नोभेम्बर १४ विश्व मधुमेह दिवस मनाऔ भन्ने नाराका साथ भएको हो। उक्त अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज द्वारा मिति २०८१ साल कार्तिक २० गते देखि ३० गते सम्म दसदिने कार्यक्रमको रुपमा सचेतना स्वरुप विशेष छुटमा उपचार सेवा प्रदान गरिने जनाइएको छ भने मधुमेह रोग संका लागेको बिरामीहरुको लागि निशुल्क चेकअपको ब्यवस्था गरिएको छ। नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृुत्वमा भएको सो कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रीन्सिपल प्रा डा के एन सिंह, डा इसरत जहान, आबिद हुसैन अन्सारी लगाएतकाहरु अतिथिका रुममा उपस्थिति रहेको थियो।
कार्यक्रममा ५ महिला सहित ५७ जना रक्तदाताहरुले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा डा.संजय साह, अरसद आलम, जितेशचन्द्र दास, डा सरोज प्रसाद डिओ, महम्मद जुनैद, प्रदिप कुमार चौधरी, मुकेश कुशवाहा, राम जी प्रसाद कुशवाहा, रबिन्द्र यादव, राजिव कुमार चौधरी, नवल किशोर यादव, डा गुरु प्रसाद मैनाली ,काजल कुमार गुप्ता, सुधा कुमार,सुरेश साह तेलि, कुशल सुबेदीलागायतका रहेका छन ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ताको उपस्थिति एवं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका आफ्नै रक्त संचार केन्द्रका प्राबिधिकहरु कृष्ण निराला, बिनेश चौधरी, निरज चौधरीको पनि सहयोगमा रहेको थियो।




















प्रतिक्रिया