अभिलाष गुप्ता
फाल्गुन २६ बिरगंज
Advertisement
केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाको विभिन्न पालिकाको शारिरिक अपाङ्गता भयेको १४जाना व्यक्तिहरुलाई जनही एक थान को दरले १४वटा ह्विलचेयर र एक थान स्ट्रेचर निज हरुको घर घर मै पुगि प्रदान गरिएको हो।
कलैया उ म न पा को३जना ,महागढीमाई न पा को २जना ,सिम्रौनगढ न पा को१जना र आदर्शकोतवाल गा पा को८जना गरि जम्मा १४ जनालाई ह्विल चेयर र आदर्श कोतवाल गा पा निवासि अपांग महासङ्घ सदस्य सुनिल कुमार यादवलाई लस्ट्रेचर एक कार्यक्रम गरी प्रदान गरिएको छ! ह्विल चेयर पाउने सम्पूर्ण व्यक्तिहरु पुर्ण रुपमा अपाङ्ग थियो ।
Advertisement
समाजिक अभियन्ता प्रकश थारुको पहलमा यि शारीरिक अपाङ्गता भएको व्यक्तिहरुको घर घरमा पुगि यकिन गरि ह्विलचेयर उपलब्ध गराईएको छ।केडिया आँखा अस्पतालको प्रतिनिधि भरत ठकुर सुशील पटेल समाजिक अभियन्ता प्रकाश थारू अपांग महा सङ्घ को सदस्य सुनिल कुमार यादव प्रहरी ना नि तुलसी पोख्रेल वार्ड अध्यक्ष जवाहीर , मिथिला सार्थी समाज को कोषाध्यक्ष जितेन्द्र पटेल तथा स्थानीयहरुको उपस्थितिमा एक कार्यक्रम बिच ह्विल चेयर तथा स्ट्रेचर हस्तान्तरण गरिएको छ ।




















प्रतिक्रिया