भगवती टोल सुधार समिती द्वारा होली मिलन समारोह सुसम्पन्न

 

अभिलाष गुप्ता
फाल्गुन २७ वीरगन्ज

Advertisement

भगवती टोल सुधार समितीले होलि पर्वको पुर्व सन्ध्यामा मंगलबार वीरगन्ज -४ भगवती टोलमा अवस्थित बिर्तामाइ धर्मशाला एवं बिवाह भवनको सभाझलमा होलि मिलन समारोह मनाएको छ । सो कार्यक्रममा सहभागीहरूले एकआपसमा उल्लास र प्रेमका साथ अकअर्कालाइ अबिर लगाइ खुशियाली साटदै होलीको शुभकामना आदानप्रदान गरेका थिए ।
भगवती टोल सुधार समितिका अध्यक्ष बिपत गोसाईको अध्यक्षता एवं वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्य तथा

वीरगन्ज महानगर -४ का वडा सदस्य शर्मा गोसाई ,महिला वडा सदस्य लिलावती देविको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा अतिथिहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , भगवतिटोल दुर्गापुजा समितिका अध्यक्ष एवं बिकनस्कुलका निर्देशक शार्दुल भट्टराई ,लालिगुरास क्ल्बका उपाध्यक्ष रामेश्वर ताम्राकस्र ,समाजसेवी नगिया देवि,सरिता साह , सुभाष सिंह ,सुमित पटेल, गोलु लगायत समित्का पदाधिकारी सदस्यहरुको साथै स्थानिय अग्रज,महिला,युवाहरुको बाक्लो सहभागी रहेको थिए ।

Advertisement

सो अवसरमा प्रमुख अतिथी उपाध्यायले होलि पर्व हर्षोउल्लास र आपसी एकता भाइचाराको पर्व भएकोले आउदो होलि पर्वलाइ हामिसबैले ब्यक्ति ,परिवार,समाज देशलाई एकताबद्ध बनाउन समाजमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव बलियो बनाउने गरि पारम्परिक रुपमा मनाउन आग्रह गर्दै सम्पुर्णलाई हार्दिक बधाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरूले होली पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको कार्यक्रममा होलिका विभिन्न पारम्परिक गितहरु गाइबजाई सबैजना नाच्दै रमाएका थिए भने सहजीकरण समितिका सचिव मुनलाइट स्कुलका निर्देशक श्याम केसिले गरेका थिए ।

Advertisement