
Advertisement
सामुदायिक प्रहरीसाझेदारीकार्यक्रम अन्तर्गत जिल्लापर्सा वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित घण्टाघरको मीनाबाजारमा बिरगंज महानगरपालिका,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयूक्त आयोजनामा टाँगा लाई ब्यस्थितरुपमा संचालित गर्ने उदेश्यले ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।वीरगन्ज महानगर पालिकाका नगरप्रहरी प्रमुख हरी भुसाल लगायत एवं बिरगंजका टागावलाहरुले रोडमा धेरैं फोहोर गरेको हुँदा फोहोर नगरौ ,बस पार्कको बाटो टाँगा चलाऊ र बाटोको निकास, एवम् सरसफाई सम्बन्धी निम्न बुँदाहरू मथि सम्झाई बुझाइ गरी कार्यक्रम सम्पन्न गरेको थियोे।
निम्न बुदाहरु यस प्रकारको रहेको छ।टाँगा वालाकोहकमा टाँगावालाको बाटाे मितेरी पूल देखि लिएर बाईपासको रोड हुदै नयाँबस पार्क सम्म जाने।वीरगन्जलाई स्वँच्छ तथा हराभरा बनाउनेअन्तर्गत टाँगाको घोडाले बाटोमा दिशापिसाब गरेको पाईएमा टाँगाचालकले व्यवस्थापन गर्न जिम्मा लिने। अब उप्रान्त बाटोमा घोडाको मल मुत्रफालेको देखिएमा वीरगन्ज महानगरपालिकाको नियमअनुसार कारवाहीको भागीदारी हुने सम्बन्धी सम्झाई बुझाई गरिएको थियोे। उक्त कार्यक्रममा ग्रीन सिटीअध्यक्ष जय प्रकाश खेतान उपाध्यक्ष संजय शर्मा,सरसफाइशाखाप्रमुख सर्फुदिन मियाँ,सरसफाइका सहयोगी शिव पटेल,नगरप्रहरीप्रमुख हरिभुसाल,प्रहरी बरिष्ठ हवलदार प्रेम राम,प्रहरी साहायक हवलदार अजिता घिमीरे,प्रहरी जवान अमर साउद लगाएतकाहरुको उपस्थिति रहेको थियो।



















प्रतिक्रिया