होलि पर्वको अवसरमा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना

 

अभिलाष गुप्ता
फाल्गुन २८ वीरगन्ज

Advertisement

होलि पर्वको शुभ उपलक्षयमा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले होलि पर्वको अवसरमा बुधवार वीरगन्जको घण्टाघरमा नया ६० थान होलिको नया टिसर्ट गरि करिब ८५० सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं सचीव कन्हैया पटेल,संस्थाका सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्य तथा बैंकका सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता को बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अतिथिहरु समाजसेवी गौरी गुप्ता, समाजसेवी हुकुम सिंह राजपुत,पत्रकार अभिलाष गुप्ता,अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साह, घण्टाघर प्रहरी पोष्टका प्रमुख असई लालबाबु यादव , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझि , बैंकका उपाध्यक्षद्वय मोनिका सिंह र प्रकाश थारु, सदस्यहरु हरेन्द्र पटेल बाबा ,अभिषेक तिवारी,जानकी देवि ,सन्जय साह,राहुल सिंह राजपुत , पत्रकारहरु आश महम्मद ,जाकिर हुसेन लगायत को सहभागिता रहेको थियो ।

Advertisement

प्रमुख अतिथी उपाध्यायले तपाईं संग धेरै छ भने हामिलाइ दिनुस र तपाईंहरु लाई आवश्यक जरुरी छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्र लाई आत्मसात गरि बिगत ६ वर्ष देखि वीरगन्जमा कार्यालय स्थापना गरि कार्यालय बाट दैनिक रुपमा र वीरगन्ज आसपास को साथै पर्सा बाराको विभिन्न स्थानमा निरन्तर दिन दुखी असहायको सेवा सहयोग गर्दै आएको छ जुन कि अति नै सराहनीय एवं परोपकारी प्रेरणादायी कार्य हो र हामी सबैले बैंकको सुकार्यमा सक्दो सहयोग गरि सेवामा हातेमालो गर्न आग्रह गर्दै होलि पर्वको बधाई शुभकामना ब्यक्त गर्नु भयो ।

सो अवसरमा बैंकका अध्यक्ष सिंहले होलि पर्व हर्षोउल्लास एकता आपसी भाइचारा बलियो बनाउने पर्व भएकोले यस्को सन्देश मनन गरि पारम्परिक रुपमा मनाउन आग्रह गर्दै सम्पुर्ण दाता, शुभेच्छुक , सन्चारकर्मी ,सल्लाहकार ,पदाधिकारी सदस्यहरुको साथै सहभागीजन प्रती हार्दिक आभार प्रकट गर्दै होलि पर्वको बधाई शुभकामना ब्यक्त गरेका थिए ।

Advertisement